इटहरीः मोरङको लेटाङ नगरपालिकास्थित त्रिवेणी सामुदायिक वनभित्र एक युवकको शव फेला परेको छ ।
मृत फेला पर्नेमा लेटाङ नगरपालिका ५ का २७ वर्षीय उगेन मगर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनका अनुसार हिजो बिहान माछा मार्न भनी पथरीशनिश्चरेतर्फ लागेका मगर आज बिहान ९ बजे मृत फेला परेका हुन् । स्थानीयको सूचनाको आधारमा घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको प्रहरी टोलीले मगरको शव फेला पारी पोस्टमार्टमका लागि पठाउँदै घटनाको अनुसन्धान सुरु गरेको डीएसपी राईको भनाइ छ ।
घटनाको कारण पत्ता नलागेको बताउँदै प्रहरीले युवकको हत्या भएको प्रारम्भिक अनुमानका साथ अनुसन्धान अगाडि बढाएको जनाएको छ ।