इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित टेङ्ग्रा खोलाको किनारमा एक युवकको शव फेला परेको छ । नग्न अवस्थामा फेला परेको शव अन्दाजी ३० वर्षीय पहाडी मुलका युवकको भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए । उनका अनुसार टाउको र अनुहारमा गम्भीर चोट सहितको शव फेला परेकाले कुटपिट गरी हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताउँदै डीएसपी केसीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिए । मृतकको हातमा दुःखी राई लेखिएको ट्याटु फेला पर्नुका साथै शव नजिकैबाट त्रिपाल र बोरासमेत बरामद गरिएको डीएसपी राईले बताए । यद्यपि हालसम्म शवको सनाखत भने हुन सकेको छैन ।