इटहरीः उदयपुरको त्रियुगा नगरपालिका ९ का एक व्यक्तिको दाजुको कुटाइबाट ज्यान गएको छ ।
मृत्यु हुनेमा ३६ वर्षीय खुसीलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार वैशाख २० गते राति ८ बजे घरायसी विवादका क्रममा खुसीलाललाई उनका दाजु ५० वर्षीय पुलकित चौधरीले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका खुसीलाललाई उपचारार्थ उदयपुर जिल्ला अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछिमोरङको विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा उपचारका क्रममा उनको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न पुलकितलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।