इटहरीः प्रदेश १ मा आज पाँच सय ७७ जना कोरोना संक्रमितको पहिचान भएको छ ।

आज एक हजार तीन सय २१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय २५ महिला र तीन सय ५२ पुरुष गरी पाँच सय ७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज सुनसरीमा एक सय एक, मोरङमा एक सय ९६, झापामा एक सय ७८, धनकुटामा २२, इलाममा १७, सङ्खुवासभामा आठ, उदयपुर र भोजपुरमा समान चार, पाँचथरमा तीन, खोटाङ, ताप्लेजुङ र तेह्रथुममा समान एक र प्रदेश १ बाहिरका ४१ जना संक्रमित फेला परेका छन् ।

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३५ हजार एक सय २९ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ३० हजार ९० जना निको भएका छन् । हाल प्रदेश १ भर चार हजार पाँच सय ११ जनामा संक्रमण सक्रिय रहेको छ ।