इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका १२ घर भएका ७१ वर्षीय ज्येष्ठ नागरिक पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानमा भर्ना भएका पुरुषको आइसोलेसनमा राखी उपचार सुरु गरिएकोमा आज दिउँसो २ः३५ बजे उनको ज्यान गएको हो । मृतक पुरुषमा मधुमेह र हाइपरटेन्सन नामक मानसिक समस्या लामो समयदेखि रहेको प्रतिष्ठानले जनाएको छ ।