इटहरीः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेहरुमा विराटनगर महानगरपालिका १२ र का ६७ वर्षीय र मोरङकै सुन्दरहरैँचा नगरपालिका ७ का ५४ वर्षीय पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार गत वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ अस्पतालको कोभिड उपचार केन्द्रमा रहेको आइसोलेसनमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको आज बिहान करिब ५ बजे ज्यान गएको हो । मृतक पुरुषमा कुनै दीर्घकालीन समस्या नरहेको प्रबन्धक दाहालको भनाइ छ ।
यसैगरी, सुन्दरहरैँचाका पुरुषमा कोरोना संक्रमण भई उपचारार्थ मंगलबार मध्यराति १२ बजे अस्पताल भर्ना गरिएकोमा उनको उपचारका क्रममा आज बिहान ८ः१५ बजे ज्यान गएको प्रबन्धक दाहालको भनाइ छ । उनका अनुसार अस्पताल भर्ना गरी उपचार सुरु गरिएको आठ घण्टामै ज्यान गुमाएका पुरुष लामो समयदेखि घाँटीको क्यान्सरबाटसमेत पीडित थिए ।