इटहरीः नेपाली काङ्ग्रेसनिकट भ्रातृ संगठन नेपाल तरुण दलको सुनसरी एकाई समितिले कोरोना भाइरसको महामारीबाट बच्न सर्वसाधारणलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण अभियान प्रारम्भ गरेको छ ।

जिल्लाका सबै गाउँ, नगरहरुमा एकैसाथ निःशुल्क रुपमा मास्क, पञ्जा र सेनिटाइजर वितरण गर्न सुरु गरिएको तरुण दलका सुनसरी जिल्ला सभापति सिजन गुरुङले जानकारी दिए । उनका अनुसार सर्वसाधारणमा कोभिड १९ सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तरुण दलले यस्तो अभियान सञ्चालन गरेको हो ।

td4

अभियानको सफलताको लागि सहयोग गर्न पनि उनले सबैसँग अपिल गरेका छन् । महामारीबाट उत्पन्न परिस्थितिका कारण जनता समस्यामा रहेकाले बिनाकुनै राजनीतिक स्वार्थ आफूहरुले मानवकल्याणका लागि अभियान चलाएको उनको भनाइ छ ।

td1 td2 td3