इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोग भइरहेको इन्टरनेट सेवाको गुणस्तरका विषयमा नकारात्मक समाचार सम्प्रेषण गरी आफूहरुलाई बदनाम गर्न खोजिएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु केवल नेट प्रा.लि.ले दुःख व्यक्त गरेको छ ।
सञ्चारमाध्यमको समाचार सन्तुलित र निश्पक्ष हुनुपर्नेमा एक पक्षीय र पूर्वाग्रही समाचार सम्प्रेषण गरी बदनाम गराउन खोजिएकोप्रति आफूहरुको ध्यानाकर्षण भएको सुविसुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आफूहरुले प्रतिष्ठानमा इन्टरनेट सेवा दिइरहेको कुरा सत्य भएको बताउँदै सुविसुले सेवाको गुणस्तरमा कुनै सम्झौता नगरी पूर्ण क्षमतामा सेवा प्रवाह गरिरहेको सुविसुका क्षेत्रीय प्रमुख शेखर भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आफूहरुले दिने सेवाको शुल्कमा कुनै वृद्धि नगरिएको समेत सुविसुले प्रष्ट पारेको छ ।