इटहरीः मोरङको रतुवामाई नगरपालिका ६ स्थित सिंहगिरी क्षेत्रमा महिलाको शव फेला परेको छ ।

स्थानीय रामप्रसाद भण्डारीको मकैबारीमा फेला परेको शव अन्दाजी ३० वर्षीया कालो वर्णकी महिलाको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबपउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार शवको प्रकृतिका आधारमा प्रहरीले महिलाको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । तालिमप्राप्त कुकुरसहितको प्राविधिक टोली घटनाको अनुसन्धानका लागि घटनास्थलमा खटिएको डीएसपी राईको भनाइ छ ।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले अनुसन्धानपछि मात्र विस्तृत जानकारी दिन सकिने जनाएको छ । हालसम्म घटनामा संलग्न कुनै अभियुक्त पक्राउ पर्न सकेका छैनन् ।