इटहरी: नेपाल कम्युनिस्ट पार्टी (एमाले) को इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कमिटिले वडाका विभिन्न टोलहरुमा कोरोना भाइरससम्बन्धी जनचेतनामूलक सन्देशसहितका फ्लेक्स बोर्ड राखेको छ ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै इटहरी क्षेत्रमा पनि संक्रमण तिव्र रुपमा बढिरहेको र मानवीय क्षतिसमेत हुन पुगेको अवस्थालाई मध्यनजर गर्दै संक्रमणको विस्तार न्यूनीकरण गर्ने उद्देश्यले जनचेतनामूलक फ्लेक्स राखिएको पार्टीका ४ नम्बर वडा कमिटि अध्यक्ष सुनिल कार्कीले जानकारी दिए । उनका अनुसार मानिसको आवतजावत बढी हुने क्षेत्रहरुलाई प्राथमिकता दिई जनचेतनामूलक सन्देश झल्कने फ्लेक्स बोर्ड राखिएको हो । साथै, वडा क्षेत्रमा बिनामास्क हिँडडुल नगर्न सर्वसाधारणलाई सचेत गराउँदै मास्क वितरणसमेत गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । फ्लेक्स बोर्डमा जनचेतनामूलक सन्देशका अतिरिक्त एम्बुलेन्स, अस्पतालजस्ता आपत्कालीन सहायताका लागि अत्यावश्यक निकायका सम्पर्क नम्बरसमेत समावेस गरिएको छ ।

cpn uml6

 

मास्क वितरण कार्यक्रम ने.क.पा एमाले जिल्ला कमिटि सचिवालय सदस्य एवं इटहरी उप–महानगर कमिटिका अध्यक्ष यामकुमार सुब्बा, जिल्ला कमिटि सदस्य भजन पौडेल ने.क.पा एमाले इटहरी नगर कमिटि सचिवालय सदस्य एवम चार नम्बर वडा इन्चार्ज जीत पौडेल, सहइन्चार्ज विश्वेश्वर पोख्रेल, नगर कमिटि सदस्य यमुना चापागाईँ, ४ नम्बर वडा सचिव अमृत बस्नेत, सहसचिव भीममाया पाख्रिन, कार्यालय सदस्य गुरु सिग्देललगायको सक्रियतामा सम्पन्न भएको हो ।

cpn uml1 cpn uml2 cpn uml3 cpn uml5 cpn uml7