काठमाडौँः गृहमन्त्री रामबहादुर थापा बादल पक्षीय अखिल नेपाल खेलकुद महासंघले पूर्णता पाएको छ ।

कालीबहादुर घर्तिमगरको संयोजकत्वमा यसअघि नै पुनर्गठन गरिएको महासंघको एकसय ५१ सदस्यीय केन्द्रीय कार्यसमितिले पूर्णता पाएको हो । संयोजक घर्तिमगर पूर्वमाओदी निकट अखिल नेपाल खेलकुद महासंघका महासचिव हुन् । नेकपा विभाजनमा गृहमन्त्री थापाले प्रचण्ड पक्षलाई छोडेसँगै खेलकुद महासंघ पनि पुनर्गठन भएको हो । गृहमन्त्री बादलले गत २८ पुषमा ललितपुरमा भएको बृहत राष्ट्रीय भेलामार्फत घर्तिमगरको संयोजकत्वमा आफ्नो पक्षको खेलकुद महासंघ पुनर्गठन गरिएको घोषणा गरेका थिए । त्यस बेला संयोजकसहित ९९ केन्द्रीय सदस्यहरुको घोषणा गरिएको थियो । बुधबार भएको महासंघको केन्द्रीय समितिको दोस्रो बैठकले थप ५२ जना केन्द्रीय सदस्य थप गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो ।

यस्तै, बैठकले केही समितिको गठनसँगै जिम्मेवारी पनि तोकेको छ । बैठकले ९ सदस्यीय कार्यालय टिम र४५ सदस्यीय सचिवालय पनि गठन गरेको छ । कार्यालय टिममा संयोजक घर्तिमगरसहित ध्वजमान मोक्तान, घनश्याम भट्ट, गणेश कक्षपति, प्रनिर अधिकारी, राजीव महर्जन, विशाल लामा, वसन्त लामा र सुस्मिता गुरुङ रहेका छन् । यस्तै, बैठकले प्रदेश संयोजक र इन्चार्ज पनि तोकेको छ । प्रदेश १ मा चुडामणि खरेल इन्चार्ज र कमल अघिकारी संयोजक तोकिएका छन् । प्रदेश २ मा ध्वजमान इन्चार्ज र सन्दीपकुमार सिंह संयोजक, बागमति प्रदेशमा गणेश कंक्षपति इन्चार्ज र वसन्त लामा संयोजक, गण्डकी प्रदेशमा तारामाया थापा इन्चार्ज र दिनेश रोका मगरले संयोजकको जिम्मेवारी पाएका छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको इन्चाजको जिम्मेवारी घनश्याम भट्टलाई दिइएको छ । सुदूरपश्चिमको संयोजकमा जगतसिंह धामी र कर्णालीको संयोजकमा धनञ्जय कठायत रहेका छन् । लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी प्रनिर अधिकारी र संयोजकको जिम्मेवारी सुवास परियारले पाएका छन् ।