इटहरीः मोरङको विराटनगरस्थित केशलिया रोडबाट डिजेल तस्करीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–११ का ४५ वर्षीय नरेश सहनी र सुनसरी साहेबगन्जका १८ वर्षीय एक किशोर रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक मानबहादुर राईले बताए ।

उनका अनुसार अभियुक्त सहनीले को२स १८०७ नम्बरको सिटी रिक्सामा राखी चार सय लिटर र अर्का अभियुक्त १८ वर्षीय किशोेरले बा १६ प ३७०२ नम्बरको मोटरसाइकलमा एक सय ७५ लिटर डिजेल तस्करी गरी ल्याइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसैगरी, को ३ प ३३६१ नम्बर, को२प २४३० नम्बर र को ५ प ८८६७ नम्बरको मोटरसाइकलबाट जम्मा पाँच सय २५ लिटर डिजेल बरामद गरेको प्रहरीले मोटरसाइकलका फरार चालकहरुको खोजी जारी रहेको जनाएको छ ।