इटहरीः मस्रुम टि २० क्रिकेट टुर्नामेन्टको उपाधि इटहरी क्रिकेट एकडेमीले जतेको छ ।

आज भएको फाइन खेलमा फुलबारी क्रिकेट एकेडेमी इनरुवालाई ४ विकेटले पराजित गर्दै इटहरीले अहमादिया संघ नेपालले आयोजना गरेको मस्रुम टि २० को उपाधि जितेको हो । इनरुवाले १८ दशमलव ३ ओभर खेल्दै ९२ रन बनाएको थियो । ९३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इटहरीले ३ विकेटको क्षतिमा इनरुवाले दिएको लक्ष्य पूरा गर्यो । इटहरीले पूरै खेलमा तीन खेल जित्दै टुर्नामेन्टको उपाधि उचालेको हो ।

उपाधि जितेसँगै इटहरीले नगद ३० हजार र विजेताको मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको इनरुवाले नगद १५ हजार र उपविजेताको मेडल, प्रमाणपत्र र ट्रफीमा चित्त बुझायो । खेलमा विजयी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव केशव बिष्टको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरण समारोहमा बोल्दै बिष्टले स्थानीय स्तरमा हुने यस्ता प्रतियोगितहरुले खेल, खेलाडी र राष्ट्रलाई नै फाइदा पुग्ने बताए ।

साथै उनले अहमदिया संघ नेपालले आयोजना गरेको जस्तो प्रतियोगित ठाउँ ठाउँमा हुनु आवश्यक रहेको बताए । अहमदिया संघ नेपाल सुनसरी÷मोरङका इन्चार्ज नईम अहमदले कोरोना महामारीका बीच आयोजना गरिएको प्रतियोगितमा खेलाडीहरुको उत्साहजनक सहभागिताले आफूहरु खुसी भएको बताए । साथै उनले खेल सञ्चालनमा सहयोग गर्ने सबैलाई अभार प्रकट गरे ।