सामान्य अर्थमा कर भनेको जनताले तिरेको रकम हो । यही रकमले देशको विकास हुने हो । समृद्धि पनि यही जनताको पसिनाको भरमा राज्यले गर्ने हो । सरकारले करको सही सदुुपयोग गर्नुपर्छ ।
तर जबजब जनताको सो पैसाको सही सदुुपयोग हुँदैन तब, करविरोधी धारणाले व्यापकता पाउँछ । हो, अहिले नेपालमा भएको पनि यही हो ।
व्यवस्था परिवर्तन भएपछि विकासमा व्यापक सुधार आउँछ भन्ने आशा जनतामा नभएको होइन । स्थानीय तहको निर्वाचन सम्पन्न भएको १ वर्ष पूरा भइसक्दा विकासको जति छनक दिनुुपर्ने हो त्यति हुन नसकेको भने पक्कै हो ।
यस्तो बेलामा स्थानीय सरकारले कर मात्र बढाउने नभई करको दायरा बढाउँदा पनि विरोध हुनु स्वाभाविक छ । तर सो सरकारले जनतालाई यो पनि ढुक्क बनाउनुुपर्छ कि सरकारलाई तिरेको करको सही सदुुपयोग हुन्छ भनेर । सो पैसाले विकास भएको अनुुुभूति जनताले ढिलो चाँडो पक्कै पाउँछन् ।
लामो समयदेखि मुलुक अस्थिरताको चपेटामा प¥यो । जसले गर्दा जोकोहीले जे गर्दा पनि हुन्छ भन्ने भ्रमले समाज चल्यो । दल चल्यो । प्रशासन चल्यो । लामो समय यस्तैयस्तै तरिकाले हाम्रो देशको राज्यप्रणाली चलिरह्यो ।
जनताको अधिकार कर्मचारीको मुठीमा केन्द्रित हुँदा चाहेजस्तो विकास हुन नसकी समाज पछाडि धकेलियो र यसका लागि केन्द्रीकृत शासन प्रणाली बाधा बन्यो भन्ने निष्कर्षले संघीयताको जन्म भयो । सिंहदरबारको अधिकार गाउँगाउँमा आयो ।
तर, मनोमानी गरिरहेकाहरूका लागि नियमको परिधि नरुच्नुु स्वाभाविक पनि हो । त्यसैले त्यस्ता सोच भत्काउन जरुरी छ । र, जरुरी छ जनताको पसिनाको कमाइ अर्थात् करको सही सदुुपयोग गर्न ।
अधिक अधिकारको भारीलाई सही स्थानमा अवतरण गर्न सकिएन भने सोही भारी घातक सिद्ध हुन पनि सक्छ । त्यसैले कुशल चालक प¥यो भने सवारीले सही गन्तव्य पक्रिन्छ, नत्र यात्रारत सबै यात्रुुको जीवन ग्यारेन्टी हुन्न ।
अहिले स्थानीय तहका सरकार हाँकिरहेका जनप्रतिनिधि यही परीक्षामा छन् । उनीहरूलाई प्राप्त मत जनताको बल हो । सोही बलले जनतामाथि शासन गर्न सक्ने आधार बनेको छ ।
लामो समय युुद्धले बिथोलिएको हाम्रो समाजलाई विकासले भुुलाउनुु छ । जनअपेक्षा, संविधानको मर्म र समयको मागबमोजिम स्थानीय सरकारका जनप्रतिनिधि चलेनन् भने आफ्नै टाउकोको भारीले गोडा कमजोर बनाउने छ ।
त्यसैले यस्तो समयमा हरेक स्थानीय सरकारले धेरैभन्दा धेरै विज्ञसँग छलफल र सहकार्य गर्दै प्राप्त अधिकारलाई अधिकतम उपयोग गर्नुुको विकल्प छैन । ताकि जनताले करले होइन, रहरले कर तिरून् ।