सोलुखुम्बुः सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको पहिलो दिन अभ्यास सत्र सकिएको छ । पहिलो दिनको अभ्यासमा २३ जना राइडरले साइक्लिङ गरेका छन् । प्रतियोगितामा बिभिन्न चार क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ । 

यस प्रतियोगितामा २६ राइडरले मुख्य स्पर्धामा शुक्रबार र शनिबार प्रतिस्पर्धा गर्नेछन् । जसमा दुई विदेशी राइडर समेत छन् । हाइ अल्टिच्युटमा हुने माउन्टेन रेस र यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिता बैशाख २४ गतेसम्म चल्नेछ । 

mountain bike

‘हाइ अल्टिच्युटमा भएको पहिलो माउन्टेन रेस हो । सोलुको पर्यटनमा पनि यसले सहयोग पुर्याउछ भन्ने हाम्रो विश्वास छ । त्यस्तै माउन्टेन रेसलाई पनि यसले प्रवद्धन गर्नेछ ।’ फाप्लु माउन्टेन बाइक क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले भनेका छन् । 

फाप्लु माउन्टेन बाइक क्लबले रत्नाङ्गेमा पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई केटीएम सिटीले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको छ । प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । जसमा महिला र पुरुष इलिटमा पहिलो हुनेले ३० हजार, दोस्रोले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको अन्य विधाका विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।