काठमाडौः सन्दीप लामिछानेको दुर्लभ विश्व कीर्तिमान, नेपालको एक दिवशीयमा हालसम्मकै सर्वोच्च स्कोर र कुशल मल्लले कुशल प्रदर्शन गरेको खेलमा नेपालले ओमानमाथि ८४ रनको जित दर्ता गरेको छ । 

एसीसी प्रिमियर कप क्रिकेट अन्र्तगत शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ८४ रनको जित हात पारेको हो । नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमानले २ सय २६ रन मात्र बनाउन सक्यो।  

४६ ओभर ३ बलमा ओमानले  नवौं विकेट गुमाउँदा घाइते भएका व्याट्सम्यान अकिब इलियास ब्याटिङमा नआउँदै रिटायर्ट आउट भए । उनी ओमानका प्रमुख ब्याटर हुन् । लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनदेखि नजिक पुगेको छ । 

ओमानका मोहम्मद नदीमले ८४ बलको सामना गरी ७ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६५ रन बनाए । यस्तै सन्दीप गौड ५६ बल खेलेर ३ चौका र २ छक्काको सहयोगमा ४६ रन बनाएर पेभेलियन फर्किए  छैटौं विकेटका लागि सन्दीप र नदिमले गरेको ९६ रनको साझेदारीले ओमानको टोलीमा केही आशा जगाएको थियो । 

४२ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरीले सन्दीप गौडलाई आउट गरेपछि ओमानको पक्षमा ठूलो क्षति पुगेको थियो । यस्तै करण केसीले रोहित पौडेलको सहयोगमा नदिमलाई पेभेलियन फर्काएपछि ओमान असहाय झै देखिएको थियो ।  

यस खेलमार्फत नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा कम  खेलमा सय विकेट लिने दुर्लभ कीर्तिमान कोरे । 

यस अघि यो कीर्तिमान अफगानी क्रिकेटर रसिद खानको नाममा थियो । सन्दीपले ४२ खेलमा १०० विकेट लिँदै नयाँ कीर्तिमान आफ्नो पक्षमा पारेका हुन् ।  यसअघि यो कीर्तिमान आफ्नो नाममा राखेका अफगानिस्तानका रसिद खानले ४४ खेलमा सय विकेट लिएका थिए ।

ओमानविरूद्धको खेलमा उनले १३ औं ओभरको तेस्रो लमा ओमानका सफिकलाई सयौं शिकार बनाएर दुर्लभ कीर्तिमान कोरेका हुन् । 

यस अघि कुशल मल्ल र सोमपाल कामी चम्किएपछि नेपालले ओमानलाई ३ सय ११ रनेको लक्ष्य पेश गरेको थियो । नेपालले एक दिवशीय क्रिकेटमा बनाएको हालसम्मको उच्च स्कोर हो । 

टस हारेपछि पहिलो व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभेर खेलेर ८ विकेटको क्षतिमा ३ सय १० रन बनाएका थियो । 

नेपालले यसअघि पपुवा न्यूगिनीविरुद्ध आइसीसी विश्वकप क्रिकेट लिग टुमा पपुवा न्यूगिनीविरुद्ध २ सय ९७ रनको उच्च स्कोर बनाएको थियो । 

एक पछि अर्को गर्दैं विकेट खसेपछि कमजोर देखिएको नेपालको अवस्थामा कुशल मल्लको विस्फोटक शतकले राहत प्रदान गरेको थियो । शतकीय योगदानमा नेपाली टोलीका लागि राहत प्रदान गर्दै उनी विस्फोटक १ सय ८ रन बनाएर बाहिरिएका थिए । 

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा ओमानविरुद्ध शतक बनाउँदा उनले ५९ बलको सामना गरेर ९ चौका र ९ छक्काको सहयोगमा १ सय १ रन बनाएका थिए । तर कुशल ६४ बल खेलेर १ सय ८ रन बनाउँदै पेभेलियन फर्किएका छन् । पछि उनले थप एक छक्काको सहयोग लिएका थिए । उनी आयन खानको बलमा आकिब इलियास क्याच भएर बाहिरिए ।

स्पिनर अकिब इलियासलाई ३९ औं ओभरको पाँचौं बलमा छक्का हान्दै मल्लले शतक पूरा गरेका थिए । उनी नेपालबाट एक दिवशीय अन्तर्राष्ट्रिय खेल ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका नयाँ कीर्तिमान आफ्नो नाममा कोरेका छन् । 

समग्रमा उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी हुन् । यस अघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखपछि शतक बनाएका थिए । 

नेपालका लागि सोमपाल कामीले पनि अशर्तकीय योगदान गरे । एक दिवशीय खेलमा कामीको यो ऐतिहासिक ५० औं एक दिवशीय खेल हो । 

सोमपालले ४८ बलको सामना ९ चौकाको सहयोगमा नटआउट ६३ रनको योगदान गरे । करण केसीले १५ बलमा २९ रन बनाएर नटआउट रहेका थिए । नेपाल न्युज बैंक