काठमाडौंः रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाब्य ढकाललाई शनिबार सम्मान गरेको छ । रेडिअन्टको वार्षिक खेलकुद दिवसका अवसरमा १० वर्षीया क्रिकेटर सम्भाब्यलाई सम्मान गरिएको हो । सोही अवसरमा आन्धी खोला नामक चलचित्रमा अभिनय गरेकी औसु श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । दुवै रेडिअन्टमा अध्ययनरत छन् ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र केन्द्रीय प्याब्सनका अध्यक्ष समेत रहेका रेडिअन्टका प्रिन्सिपल डिके ढुंगानाले सम्भाब्य र औसुलाई ट्रफी प्रदान गरी सम्मान गरे ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको कार्यक्रममा विद्यार्थीहरुले करातेको प्रस्तुती प्रदर्शन गर्नुका साथै आकर्षक नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतको उपस्थिति थियो ।

2 (3)