इलामः १८ बर्षीया किशोरीको हत्या गरी फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय इलामले २० बर्ष पछी पक्राउ गरेको छ । २०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संग्लग्न रहेका इलामको साबिक पशुपतिनगर ३ का ४१ बर्षीय गोरे भनिने मन कुमार राईलाई घटनाको २० बर्ष पछि यही पौष १६ गते प्रहरीले पक्राउ गरेको हो ।
इलामकै कन्याम घर भई आफ्नो माईती घर आएको समयमा खुर्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । अनुसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मन कुमारले रोजिना राईको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
२०५८ साल माघ ६ गते राती ८ बजेको समयमा गाईगोठमा काम गरिरहेकी रोजिनालाई मन कुमारले आफु संगै जान आग्रह गरेको र जान नमाने पछी जबरजस्ती तानेर लगेको तानेर लैजाने क्रममा रोजिना लडेर घाईते भएकी थिइन् । उनि घाइते भएपछि आफुलाई थप आरोप लाग्न सक्ने भयले मन कुमारले रोजिनाको हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहेको छ ।