दुहबी: सुनसरीको दुहबीमा नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

दुहबी नगरपालिकाको आयोजना तथा एलेभेन एरोज क्लब दुहबीको संयोजनमा भएको उद्घाटन खेलमा दुहबी वडा नम्बर २ ले दुहबी वडा नम्बर ९ लाई ३–० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलमा उत्कृष्ट खेलाडी दुहबी–२ का श्रवण गच्छदारलाई नगद २ हजार सहित मेडल प्रदान गरिएको थियो ।

मंसिर १० गतेसम्म हुने प्रतियोगितामा विजेता टिमले नगद ५१ हजार कप तथा मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले २५ हजार तथा कप, मेडल प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा उत्कृष्ट विधाका खेलाडीलाई समेत पुरस्कृत गरिने बताइएको छ । शुक्रबार हुने खेल दुहबीको वडा नम्बर १ र ८ बीच हुने आयोजकले जनाएको छ । दुहबी– ५ स्थित श्री सरस्वती माविको खेल मैदानमा सञ्चालित सो प्रतियोगितामा करिब ४ लाख ५१ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

duhabi foot ball (1)