लामो समय देखि सरकाले चुरे सँरक्षण गर्ने गरि विशेष समिति नै बनायो । उक्त समितिको काम कहाँ कहाँ चुरेमाथि आक्रमण भइरहेको छ सो रोक्नुु र दोषिलाइ कारवाही गर्नुु थियो । राष्ट्रपती चुरे संरक्षण कोषले चुरेको महत्व र यसलाइ संरक्षण गर्नुु हर नागरिकको दायित्व रहेको सार्वजनिक सुचना प्रवाह गर्दै आएको थियो ।
पछिल्ला दिनमा नेपालका विभिन्न स्थानमा चुरेको अधिक दोहन जारी छ । पहाड र तराइ मधेशको घाँटि हो, चुरे । चुरे प्राकृतीक संवेदनशिलताका हिसाबले अत्यन्तै महत्वपुुर्ण रहेको र योसँग पहाड मधेको प्राकृतीक सम्बन्धत सन्तुलित बनाउने उपाय रहेको विज्ञहरु बताउँछन् । चुरे संरक्षणमा नागरिकको अभिभावक सरकार हो । पक्कै पनि सरकारले यो बारे चिन्ता र चासो व्यक्त गर्नुुपर्छ भने प्राकृतीक सम्पदा दोहान गर्नेविरुद्ध खरो रुपमा उत्रिनुु पर्छ । राज्यसँग संयन्त्र छ । उक्त सँयन्त्र परिचालन गरि सम्पदाको अवैध उत्खनन गर्ने जो कोहिलाइ तुरुन्त कानुनी सँजायको भागिदार बनाउनु राज्यको दायित्व हो ।
तर, यो भन्दैमा नागरिकले आफ्नो दायित्वबाट पन्छिनुु पनि हुँदैन । आफ्नो क्षेत्रबाट गर्न सक्ने योगदान राज्यलाइ गर्दै जानुुपर्छ । जस्तो चुरो दोहन हुुँदै गएको स्थानको बारे राज्यलाइ सुचना उपलब्ध गराएर सघाउ पुुर्याउनुु पर्छ ।
अहिले स्थानिय सरकारलाइ पुुर्ण अधिकार रहेको छ । आफ्नो क्षेत्रमा भए गरेका यस्ता कमिकमजोरीलाइ तह लगाउन उ सक्षम रहेको छ । त्यसका लागि जनताले जीताएर पठाएका प्रतिनिधिले प्राकृतीक स्रोतको दोहन भए नभएको हेक्का राख्नुु पर्छ । नराखे नागरिकले खबरदारी गर्नुपर्छ ।
पछिल्ला दिनमा प्रदेश एकको मोरङमा खेलाबाट ढुुँगा, गिटि, वालुवा झिक्न बन्द भएको अवस्थामा पनि अवैध उत्खनन जारी रहेका समाचार आउन थालेका छन् । स्थानिय जनप्रतिनिधिकै मिलेमतोमा हुने गरेका यस्ता घटना आपत्तिजनक छन् । जनताले जीताएर पठाएका प्रतिनिधि झनै उत्तरदायि र संवदनशिल बन्नुपर्नेमा त्यसो हुुन सकेको छैन । जिल्लाका केरावारी र उर्लावारीका स्थानिय सरकार प्रमुखले वातावरणिय पर्यावरणको असरलाइ नबुझि गरिरहेको ढुुँगा गिटि उत्खनन आपत्तिजनक रहेको छ । यो त जो चोर उसलाइ तालाचाबि जिम्मा दिए जस्तो भएको छ । आफै नियमनकारी निकाय भएर पनि त्यसको वास्ता नगरि ठेकेदारसँग मिलेर आर्थिक लाभ लिने कार्य प्रकृती र जनताको हितमा कदापि हुुँदैन । उर्लावारीका जनप्रतिनिधिले गरेको यस्तो बठ्याइप्रति स्थानिय तहमा नै छानविनि समिति बनेको छ । उक्त समितिले मेयर खड्का फागोको कमजोरी औल्याइ सकेको छ । उनले यो कार्य तत्काल बन्द गर्नुु पर्छ ।
हिजो जनताको हितमा काम गछौं भनेर कसम खाएका यस्ता पात्राले आँफै गलत धन्दा चलाउन थाले पछि जनता चुप लागेर बस्नुु हुुँदैन । त्यस्तै केरावारीका गाउँपालिका अध्यक्ष रोहित कार्की आँफै पनि क्रसर व्यवसायी हुन । उनि निर्वाचन अघि व्यवसायी भए पनि निर्वाचनमा जीत हाँसिल गरे पनि अहिले पब्लिक भएका छन् । उनले अब जनताको हितमा मात्र काम गर्नुु पर्छ । आफ्नो दुुनो सोध्याउन तर्फ लागे पनि जनताका र प्रकृतीको अहित हुुन्छ ।
तसर्थ, आजै देखि जनताले पनि खबरदारी गरौँ । कोहि कसैलाई पद र शक्तिको दुुरुपयोग गर्दै चुरे क्षेत्र दोहन गर्ने अधिकार छैन । सबै सचेत बनौँ । प्रकृती संरक्षामा जुुटौँ ।